माधब पौडेल, ०२ असोज। कञ्चनपुरको बेलौरी नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा कक्षा ८ र कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी र विद्यालयलाई बुधबार एक कार्यक्रमका बीच सम्मान सम्मान गरेको छ।बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनमा नगरप्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यतामा सामुदायिक विद्यालयको तर्फबाट कक्षा आठमा अध्ययन गर्ने महाकाली माध्यमिक विद्यालय विद्यानगरका छात्र समीर चौधरीले ३.८६ त्यस्तै सरस्वती माध्यमिक विद्यालय बुटाबारीका छात्र रमित वडले ३.५६, त्यस्तै शान्ति माध्यमिक विद्यालय ३.४५, छात्रातर्फ जननमुना माध्यमिक विद्यालय रामनगर का छात्रा पवित्रा चौधरीले ३.३९, शान्ति माध्यमिक विद्यालय शान्तिपुरका अप्सरा रानाले ३.३१, जनज्योति माध्यमिक विद्यालय कलकत्ता का राधिका गोयला ३.२८, त्यस्तै संस्थागत विद्यालयको तर्फबाट उग्रतारा बालविद्यालय शान्तिपुरका छात्र रोवन बिष्टले ३.९४, सिद्धार्थ बोर्डिङ स्कुल बेलौरीका भुवन पाण्डेले ३.८९, ब्राइट स्टार बोर्डिङ स्कुल शान्तिपुरका छात्र अभिषेक कार्कीले ३.८८, उग्रतारा बालविद्यालय का छात्रा रञ्जना सुवेदीले ३.९७, र सोही विद्यालय कृतिका चन्दले ३.९७,ब्राइट स्टार बोर्डिङ स्कुलका छात्राहरू सृष्टि खड्का ३.८ र प्रतिभा चौधरी ३.८४ प्राप्ताङ्क प्राप्त गरी उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा कक्षा १० को एसइइ परीक्षामा सामुदायिक विद्यालयका तर्फबाट महाकाली माध्यमिक विद्यालय विद्यानगरका आयुष बिष्टले ३.६५, जनज्योति माध्यमिक विद्यालय कलकत्ताका छात्र जोशीले ३.६२, भगवानपुर माध्यमिक विद्यालय का विकास बिष्ट ले ३.४९, शान्ति माध्यमिक विद्यालय शान्तिपुरका छात्राद्वय अस्मिता भण्डारीले ३.७२, चन्दना भट्टले ३.५१ र लक्ष्मी माध्यमिक विद्यालय जबदियाकी छात्रा ३.४६ संस्थागत विद्यालयतर्फ वात्सल्य विद्या निकेतन का छात्र रोहित जोशीले ३.४८,विज्डम एकेडेमी बेलोरीका रोहित पन्त ३.८२, उग्रतारा बालविद्यालयका प्रवेश कुँवर ३.८१, छात्रातर्फ ज्ञान साधना बाल विद्या मन्दिरबाट अनुग्रह राना ३.७८,विज्डम एकेडेमी एलिसा बिष्ट ३.७७, ब्राइट स्टार बोर्डिङ स्कुल कोपिला राना ३.७७ र वात्सल्य विद्या निकेतन कि छात्रा यमुना जोशीले ३. ६९ जिपीए प्राप्त गरेका छन्।बेलौरी नगरपालिका अन्तर्गत शैक्षिक छात्र २०८० को आधारभूत तह कक्षा ८ तथा माध्यमिक विद्यालय कक्षा १० को अन्तिम परीक्षामा सामुदायिक विद्यालय तर्फबाट उच्चतम विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय सिद्धकेदारनाथ आधारभूत विद्यालयले ४२.८६, महाकाली माध्यमिक विद्यालय ३०.७७, बागेश्वरी आधारभूत विद्यालय २५.००, संस्थागततर्फ एजी बोर्डिङ स्कुल १०० प्रतिशत, उग्रतारा बालविद्यालय १०० प्रतिशत, ब्राइटस्टार बोर्डिङ स्कुल ८८.२४ र वात्सल्य विद्या निकेतनले ८१.४० र कक्षा १० को परीक्षामा गोरखनाथ माध्यमिक विद्यालय ३३.३३, महाकाली माध्यमिक विद्यालय ३०.४८ र लक्ष्मी माध्यमिक विद्यालय १८.८५ त्यस्तै सामुदायिक विद्यालय बाट उग्रतारा बालविद्यालय सत प्रतिशत, ब्राइट स्टार बोर्डिङ स्कुल सत प्रतिशत, सिद्धबाबा एकेडेमी सत प्रतिशत, ज्ञान साधना बाल विद्या मन्दिर ९५.२३ र वात्सल्या विद्या निकेतनले ८८.८८ प्रतिशत नतिजालाई उत्तीर्ण भएका विद्यार्थी र विद्यालय लाई प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त शाखा प्रमुख अमित प्रसाद भट्टले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस