२०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

संविधान दिवसको पुर्व सन्ध्यामा महेन्द्रनगर बजारमा सरसफाई 


  • २०८१ आश्विन २, बुधबार मा प्रकाशित २ साल अघि
  • ४२० पाठक संख्या
  • धनसिंह धामी, ०२ असोज।संविधान दिवसको पुर्व सन्ध्यामा कञ्चनपुरमा सरसफाई गरिएको छ । १०औँ संविधान दिवसको अवसरमा भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजारमा सरसफाई गरिएको हो ।

    संविधान दिवस मुल समारोहका संयोजक एव जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले समावेसी संविधान दिवसको अवसरमा संविधान चोकदेखि महेन्द्रनगर बजारमा सरसफाई गरिएको बताउनुभयो । सरसफाई कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीदेखि स्थानीयको सहभागिता रहेको थियो । ३ असोज ०७२ सालमा संघीय लोकतान्त्रिक नेपालको संविधान निर्माण भएको थियो । संविधान घोषणाकै दिन पनि कञ्चनपुरमा विवित कार्यक्रम गरेर दिवस मनाईदैछ

    ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑