२०८१ आश्विन २९, मंगलबार | Tue, 15, Oct, 2024

पुनर्वासमा नव आगन्तुक प्रहरी निरिक्षक लाई स्वागत तथा पुर्व निरिक्षक फेरि भेटौला कार्यक्रम सम्पन्न 


  • २०८१ भाद्र २५, मंगलबार मा प्रकाशित १ महिना अघि
  • २६५ पाठक संख्या
  • धनबहादुर बि क,२५ भाद्र।पुनर्वास ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका कार्यालय प्रमुख ज्यु हरूको स्वागत तथा फेरि भेटौला कार्यक्रम आज एक कार्यक्रम बिच सम्पन्न गरिएको छ । विगतका दिनहरू झै पुनर्वास मा आउने कार्यालय प्रमुख हरूलाई स्वागत तथा विदाई कार्यक्रम लाई निरन्तरता दिंदै पुनर्वास उधोग वाणिज्य संघ ले प्रहरी निरिक्षक हेमराज भट्ट को बिदाई तथा नव आगन्तुक प्रहरी निरिक्षक महेश बिक्रम शाही लाई मंगलबार एक कार्यक्रम बिच स्वागत गरिएको हो।वाणिज्य उपाध्यक्ष लक्ष्मण थापा ले पुनर्वास मा नव आगन्तुक कार्यालय प्रमुख को स्वागत तथा बिदाई कार्यक्रम लाई  निरन्तरता दिंदै  प्रहरी निरिक्षक हेमराज भट्ट को बिदाई तथा नव आगन्तुक प्रहरी निरिक्षक महेश बिक्रम शाही लाई स्वागत गरिएको बताउनुभयो । फेरि भेटौला कार्यक्रममा निकै भावुक हुँदै प्रहरी निरिक्षक हेमराज भट्ट ले भने राष्ट्र  सेवकका रूपमा  कार्यरत हुदैगर्दा सरूवा बढुवा , अवकाश निरन्तर चलिरहने प्रक्रिया हो । नयाँ कार्यक्षेत्रमा आउदै गर्दा के होला कसो होला भन्ने मनमा एकातिर चिन्ता रहने तथा कार्यकाल पूरा गरेर जाँदै गर्दा मनमा बिछोडको पीडा रहने महसुस भएको बताउनुभयो।आफ्नो १३ महिने कार्यकालमा पुनर्वासको बसाइँ , र पुनर्वास क्षेत्र का उधोगि व्यापारी , समाजसेवी ज्युहरूबाट पाएको साथ सहयोग सधैं स्मरण रहिरहनेछ उनले भने । काम गर्ने सिलसिलामा चुनौती पनि धेरै  नै सामना गर्नुपरेको हो  यद्यपि स्थानीय को साथ सपोर्ट ले गर्दा आफुले सन्तोषजनक  सफलता हासिल गरेको बताए । सिमा सहजीकरण को बिषय होस वा चोरि तस्करी , स्थानीय शान्ति सुरक्षाको बिषय होस स्थानीयवासीबाट प्रसस्त सहयोग प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेको छु उनले भने ।

    नव आगन्तुक प्रहरी निरिक्षक महेश बिक्रम शाही  ले पुनर्वास मा हुने आपराधिक क्रियाकलापमा होस वा शान्ति सुरक्षाको बिषयमा , सिमा मा हुने नकारात्मक गतिविधि तथा विकृति न्युनिकरण का लागि स्थानीय  समाजसेवी बुद्धिजीवी विभिन्न सरोकारवाला संग हातेमालो गरि अघि बढ्ने उनले प्रतिबद्धता गरे । कार्यक्रममा उधोगि तथा नेपाल ईटा व्यवसायी संघ कञ्चनपुर अध्यक्ष कृष्णबहादुर तामाङ ले पुनर्वास मा  विकास र समृद्धि कसरी स्थापित गर्न सकिन्छ सबैले हातोमालो गरि अघि बढनु पर्ने सुझाव आफ्नो भनाइमा भने।

    कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाले  पुनर्वासको समग्र शान्ति सुरक्षा व्यवस्थापन संगै खुला नाकाको फाईदा उठाउदै पुनर्वास को मार्ग भएर चेलिबेटी बेचबिखनमा पर्ने गरेको बिषय लाई मध्येनजर गरि सुरक्षा व्यवस्था   अझ कडाइ गर्नुपर्ने नव आगन्तुक प्रहरी निरिक्षकलाई सुझाव दिनुभयो ।

    कार्यक्रम का सभापति तथा पुनर्वास उधोग वाणिाज्य संघ का अध्यक्ष राजकुमार रायमाझीले खुला नाका र अवैध तस्करी का कारण सिमावर्ति नेपाली बजार मा व्यवसाय गर्ने अधिकांश व्यवसाय हरू धरासायी हुँदै गएको कुरामा जोड दिए । सिमा नाका मा सशस्त्र प्रहरीले कडाइ गरेको बताईन्छ तर प्रतिबन्धित पेय पदार्थ , अण्डा , माछा , बोईलर कुखुरा लगायत निर्बाध रूपमा भित्रिनाले नेपाली व्यवसाय हरू प्रत्येक्ष मारमा पर्ने गरेको उनलेे टिप्पणी गरे  । सरकारले नै प्रतिबन्ध गरेको अखाद्य सामाग्री सिमा नाकामा सुरक्षा संयन्त्र हुंदाहुदै पनि नेपाल भित्रिनु आफैमा प्रश्न चिन्ह खडा भएको संघ का अध्यक्ष रायमाझीले गुनासो गरे । कार्यक्रम को सञ्चालन वाणिाज्य महासचिव बालकृष्ण ढकालले गरेका थिए ।यसैगरी पुनर्वास नगरपालिका ८ मा रहेको श्री जनजागरण सामुदायिक वन उपभोक्ता समुह ले पनि एक कार्यक्रम को आयोजना गरि स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।

    वनका अध्यक्ष लोकबहादुर कार्की को सभापतित्व तथा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य मा भएको कार्यक्रममा नगर प्रमुख शर्माले भने पुनर्वासको शान्ति सुरक्षा लाई अझ सुधार गर्दै लैजान नव आगन्तुक प्रहरी निरिक्षक लाई सुझाव दिनुभयो । भारतीय सिमा क्षेत्र संग जोडिएको पुनर्वास मा बढ्दो चेलिबेटी बेचबिखन ,मानव तस्करी , अबैध मालसामान ओसारपसार जस्तो क्रियाकलाप लाई नियन्त्रण गर्नुपर्ने चुनौती रहेको नगर प्रमुख शर्माले बताउनुभयो ।

    चोरी तस्करी र शान्ति सुरक्षा का बिषयहरू प्रहरी र वन कार्यालय को साझा समस्या रहेको कुण्डा सेक्टर वन अधिकृत दिनेश कुमार यादवले बताउनुभयो । विदाई हुने प्रहरी निरिक्षक हेमराज भट्ट लाई जनजागरण वनका अध्यक्ष लोकबहादुर कार्कीले मायाको  चिनो प्रदान गरेका थिए । बिदाई तथा स्वागत कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले स्थानीय विकास र समृद्धि मा प्रहरी को महत्त्वपूर्ण भुमिका रहने भएकोले प्रहरीले ईमानदारीपुर्ण भुमिका निर्वाह गर्नुपर्ने तथा प्रहरीलाई पनि स्थानीयवासीले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। वनका उपाध्यक्ष शान्ति तामाङले गरेको स्वागत कार्यक्रम को सञ्चालन सचिव लाल प्रसाद घिमिरेले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट