२०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024

बेलौरीस्थित इन्फिनिटी लघुवित्त र एनआइसी एसिया लघुवित्त लुटपाट प्रकरण:पक्राउ परेका १८ जना मध्ये १० जना छुटे; ८ जनाको म्याद थप 


  • २०८१ भाद्र १४, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • १८९ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ भदौ । कञ्चनपुरको बेलौरी बजारमा रहेका दुई वटा लघुवित्तमा लुटपाट भएको घटनामा पक्राउ परेका १८ जना मध्ये १० जना छुटेका छन् भने ८ जनाको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । बिहीबार दिउँसो बेलौरी स्थित इन्फिनिटी लघुवित्त र एनआइसी एसिया लघुवित्त संस्थाको कार्यालयमा एक समूह मुखमा पट्टी बाँधेर प्रवेश गरी त्यहाँ लुटपाट गरेको थियो । उक्त समूहले कार्यालयका सरसामान तोडफोड गर्नुका साथै रेकर्ड फाइलहरू लुटेर लगेको बताइएको छ ।

    घटनाको केही समयमा सुरक्षाकर्मी सहितको टोली परिचालन भएपछि बिहीबार नै उनीहरूलाई विभिन्न क्षेत्रमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । पक्राउ परेका १८ जनामध्ये १० जना छुटेका छन् भने ८ जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो । दिउँसै गुण्डागर्दी शैलीमा कार्यालयमा प्रवेश गरी तोडफोड तथा लुटपाट गर्ने उक्त गिरोहमाथि कानुन बमोजिम कडा सजाय हुनुपर्ने लघुवित्तहरूको माग रहेको छ ।

    लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका अभियुक्तहरूको नामावली :

    १) जिल्ला कञ्चनपुर बेलौरी न पा ०६ बस्ने बुझौना चौधरी

    २) जिल्ला कञ्चनपुर बेलौरी न पा ०८ बस्ने नन्दकली राना

    ३) जिल्ला कञ्चनपुर बेलौरी न पा ०८ बस्ने कैलाशो राना

    ४) जिल्ला कञ्चनपुर बेलौरी न पा ०७ बस्ने गीता डगौरा

    ५) जिल्ला कञ्चनपुर बेलौरी न पा ०४ बस्ने चन्द्रा देवी भण्डारी

    ६) जिल्ला कञ्चनपुर कृष्णपुर न पा ०४ बस्ने गीता राना

    ७) जिल्ला कञ्चनपुर लालझाडी गा पा ०४ बस्ने रामबाबु राना

    ८) जिल्ला कञ्चनपुर बेलडाँडी गा पा ०२ बस्ने अमर नेपाली (दमाई)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट