२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

सीमा बजार बसही र सम्पुर्णानगर जाने नेपाली प्रति भारतीय प्रहरीको लुटधन्दा


  • २०८१ भाद्र ६, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ७७० पाठक संख्या
  • पुनर्वास,०६ भाद्र।कञ्चनपुरको पुनर्वाससँग सीमा जोडिएको भारतीय बजार बसही र सम्पूर्णानगर जाने नेपालीहरुलाई भारतीय प्रहरीले लामो समय देखि लुट्दै आएको छ ।

    बसही बजार र सम्पूर्णानगर जाने नेपालीहरुलाई नियन्त्रणमा लिने र विभिन्न अभियोगमा मुद्धा चलाउने डर त्रास देखाउँदै त्यहाँकै स्थानीय र व्यापारीलाई मध्यस्तकर्ताको भुमिकामा राखी नेपालीबाट भारतीय प्रहरीले लाखौं रुपैँया लुट्ने गरेको तथ्य बाहिरिएको हो ।भारतीय प्रहरीको लुट्ने प्रवृत्तिको परिबन्धमा आईतबार भारतीय बजार बसही गएका कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का नारायण शर्मा परे ।उनलाई बसही बजार नजिकैबाट भारतीय प्रहरी चमन र दुस्यन्त कुमारले नियन्त्रणमा लिई डरत्रास देखाई बसहीकै स्थानीय गुड्डु खान नाम गरेका व्यक्तिको माध्यमबाट एक लाख ३० हजार नगद लिएको छ ।

    भारतीय प्रहरीले लामो समयदेखि नेपालीहरुलाई नियन्त्रणमा लिने र लाखौं रुपैँया लुट्ने गरेको विषय बाहिर आउन थालेको छ । सोमबार नारायण शर्माले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई लिखित रुपमा जानकारी गराएपछि यसरी लुटिएका थुप्रै व्यक्तिहरु प्रहरी कार्यालय सम्म पुगेका थिए ।प्रहरीमा पुगेपछि स्थानीयहरुलाई यस्ता घट्नामा पैसा दिनु अघि पहिले हामीलाई जानकारी गराउन ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले जानकारी दिए ।

    अघिल्लो वर्षको भदौ महिनामा पुनर्वास नगरपालिका–३ बस्ने दुई जना तामाङ थरकी महिलाहरुलाई नियन्त्रणमा लिई लखिमपुर पु¥याउँछौ भन्दै नगद दुई लाख रुपैँया,पुनर्वास–५ कै थापा र सुनारले दुई लाख रुपैँया भारतीय प्रहरीलाई बुझाएर आफु छुटेको बताईन । यी घटना त उदाहरण मात्रै हुन् । यस्तै सयौं नेपालीहरुबाट भारतीय प्रहरीले करोडौं रुपैयाँ असुली गरिसकेको सम्पूर्णानगर प्रहरी थानाकै नजिकका एक भारतीय व्यापारीले विश्व खोजसँग बताएका छन् ।

    पुनर्वास मात्रै हैन बेलौरी,धनगढी,गुलरीया,देखतभुली लगायतका नेपालीहरुबाट भारतीय प्रहरीले रकम लिई छाड्ने गरेको पुनर्वास–८ का वडाध्यक्ष राना श्रवणले पनि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बताएका थिए ।भारतीय प्रहरीले नेपालीहरुलाई आरोप लगाएर फसाउन खोज्छ । यसको विषयमा हाम्रा नेपालका निकायहरुले समन्वय गरी समस्याको समाधान गरिदिनुपर्ने वडाध्यक्ष रानाले सुनाए ।

    नेपालीहरु प्रति भारतीय प्रहरीले गर्दै आएको यस्तो लुटधन्दाले नेपाल आउने भारतीय नागरिकहरुलाई समेत कार्वाही हुनुपर्ने प्रशासनहरुमा स्थानीयहरुले माग राख्दै आएका छन् । भारतीय प्रहरीका यस्ता गतिविधिले सीमाक्षेत्रमा दुई देश बीचका नागरिकहरुमा द्वोन्द हुने संकेत देखिएको छ । त्यसैले सम्बन्धित निकायहरुले भारतीय सुरक्षा निकायसँग समन्वय गरी यस्ता समस्याहरुको समाधान गर्न जरुरी देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट