२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

विधायन तथा प्रदेश मामिला समितिका सभापति बिष्टको नेतृत्वमा महाकाली पारीका बाढीग्रस्त क्षेत्रको अनुगमन


  • २०८१ श्रावण २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ६९६ पाठक संख्या
  • कंचनपुर २६ श्रावण। सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्टको नेतृत्वमा दोधाराचाँदनी नगरपालिकाका बाढीग्रस्त क्षेत्रको अनुगमन गरिएको छ।

    शनिबार जिल्लाको महाकाली पारी पुगेको बिष्ट नेतृत्वको समितिले पट्राखल्ला, कुतियाकवर लगायतका बाढीग्रस्त क्षेत्रको अनुगमन गरेको हो। उक्त समितिले चादनिमा बाघले आक्रमण गरेको शाही परिवार सङ्ग समेत भेटघाट गरेको थियो।गत असार २३ र २४ गते आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा ठुलो क्षति गरेपछि बिष्ट आफ्नो समिती सहित अनुगमन गर्दै आएका छन।यसअघि, श्रावण १० गते उक्त समितिले बेलडाँडी भएर बग्ने चौधर नदिले पुर्याएको क्षतिबारे अनुगमन र शुक्रबार भिमदत्त नगरका बाढीग्रस्त क्षेत्रमा अनुगमन गरेको थियो।

    अनुगमनमा दिवान सिंह बिष्टसंगै प्रदेश सदस्य प्रकाश रावल, दमन बहादुर भण्डारी, रामेश्वर चौधरी, इन्द्रिरा गिरी, रक्षामहरा, बेलबहादुर राना लगायत दोधाराचाँदनी नगरपालिकाका  जनप्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट