हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसी जागृतीटोल निवासी समाजसेवी चन्द्रा देवी ऐर र उहाँका श्रीमान् शेर बहादुर ऐरले भीमदत्त नगरपालिका वडा नम्बर ३ नौलाखेत स्थित श्री गौरीशङ्कर आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँहरूले एक लाख पचहत्तर हजार पाँच सय पचपन्न रुपैयाँको ुश्री चन्द्रा देवी ऐर छात्रवृत्ति अक्षयकोष २०८१ु स्थापना गर्नु भएको विद्यालयका प्रधानाध्यापक जगदीश प्रसाद जोशीले जानकारी दिनुभएको छ । समाजसेवी ऐर दम्पतीको उक्त कार्य समाजका लागि प्रेरणादायी र अनुपम रहेको भन्दै विद्यालय प्रशंसा गरेको छ ।
प्रतिक्रिया दिनुहोस