२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

जनताका समस्याप्रति बेलौरी नगरलाई छैन चासो : स्थानीय मदनसिंह नगारीद्वारा व्यक्तिगत खर्चमा बाटो मर्मत 


  • २०८१ श्रावण २४, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • ५४२ पाठक संख्या
  • कञ्चनपुर, २४ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने बरैया स्थित सडकमा खाल्डाखुल्डी परेर असहज भएपछि स्थानीयले मर्मत गरिदिन पटकपटक स्थानीय तहलाई अनुरोध गरे । तर स्थानीय तहले बाटो मर्मत गर्न अटेरी गरेपछि आज बिहीबार स्थानीय मदन सिंह नगारीले आफ्नो व्यक्तिगत खर्चमा सडकका खाल्डाखुल्डीमा माटो भरेर मर्मत गरेका छन् ।वर्षात् सुरु भएसँगै बिग्रिएको सडक मर्मतका लागि वडा र नगरपालिका कार्यालयलाई पटक पटक आग्रह गर्दा समेत अटेरी गरेपछि आफ्नै व्यक्तिगत खर्चमा भएपनि माटो पटान गरी बाटो मर्मत गरेको स्थानीय मदन सिंह नगारीले बताउनु भयो । “हाम्रो माग सम्बोधनमा बेलौरी नगरपालिका मुखदर्शक बन्यो” नगारीले भन्नुभयो, “पटकपटक अनुरोध गर्दा समेत कुनै चासो नदेखाएपछि आफ्नै खर्चमा भएपनि बाटो मर्मत गरियो ।” स्थानीय तहको निर्वाचनको बेला उम्मेदवारहरूले सडक, स्वास्थ्य, शिक्षालाई प्रभावकारी बनाउने आश्वासन दिएपनि जितिसकेपछि आफूले दिएको आश्वासनकै बेवास्ता गरेको समेत नगारीको दुखेसो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट