२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायले आज तीज पर्व मनाउँदै


  • २०८१ श्रावण २३, बुधबार मा प्रकाशित ६ महिना अघि
  • २११ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ साउन । सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायले आज तीज पर्व मनाइरहेका छन् । कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् ।तीजको दिन प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने चलन रहेको छ । व्रतालु महिलाहरूले नदी तथा तलाउ किनारमा कुश वा काँसको झुड्की बाँध्दै पूजाआजा गरी पकवान चढाउने गर्दछन् । त्यस लगत्तै नदी तथा तलाउमा झुड्की बगाई आफ्ना दाजुभाइ तथा भतिजाहरू र सपरिवारको उन्नति, प्रगति र दीर्घायुको कामना गर्ने गर्दछन् ।रानाथारु समुदायले हरेक वर्ष असार शुक्ल पूर्णिमादेखि गाउँका सबैलाई पायक पर्ने ठाउँमा सावनको डोला अर्थात् पिङ राखेर खेल्ने गर्छन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् । रानाथारु समुदायको बाहुल्यता भएका गाउँहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएका छन् । रानाथारु समुदायको तीजका अवसरका आज बुधबार कञ्चनपुर र कैलालीका केही स्थानीय तहहरूले स्थानीय बिदा समेत दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट