२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

पुनर्वासको प्यारातालमा सुन्दरता बढाउन बृक्षारोपण 


  • २०८१ श्रावण १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ४७५ पाठक संख्या
  • पुनर्वास,१९ श्रावण।नागरिक पहलमा पर्यटन बिकासको पहल थालिएको कञ्चनपुरको पुनर्वास स्थित जैविक जलाशय प्यारा तालमा आज शनिवार बृक्षारोपण गरिएको छ ।प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिको आयोजित बृक्षा रोपण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विधायन समितिका सभापति एवं प्रदेशसभा सदस्य माननीय दिवान सिंह बिष्ट , सुदूरपश्चिम प्रदेशका मुख्य सचिव डाक्टर हरि प्रसाद लम्साल , पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा , सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रालयका उप सचिव कृष्ण प्रसाद नेपालले ताल परिसरमा बिरुवा रोपेर बृक्षारोपण अभियानको सुरुआत गरेका थिए ।तालको जैविक पहिचानलाई उजागर गर्दै पर्या पर्यटन बिकासका लागि नागरिक स्तरबाट पहल सुरु गरिएको प्यारा ताल परिसरमा फुल प्रजातिका ज्याकारन्डा ( बिरेद्र फुल ) , कल्की , गुल मोहर र रैथाने जातको राजबृक्ष लगायतका बिरुवाहरु रोपिएको प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र कुमार बस्नेतले बताउनुभयो।ताल परिसरमा फुल प्रजातिका बोट बिरुवा बृक्षारोपण गरि जैविक पर्यटकीय क्षेत्र प्यारा ताललाई हराभरा र सुन्दर बनाउने अभियान सुरु गरिएको समितिका सचिव प्रेम प्रसाद जैसीले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट