माधब पौडेल, १८ श्रावण।नेपाल निजामती कर्मचारी संगठन पालिका कार्य समिति बेलौरीद्वारा शुक्रबार एक कार्यक्रम विच सहयोग हस्तान्तरण गरेको छ।
बेलौरी नगरपालिकाको जिन्सी शाखा प्रमुख एंव संगठन सदस्य स्व. नारायण राना की धर्मपत्नी चन्द्रा रानालाई कर्मचारी कल्याण कोषबाट रु १लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरिएको पालिका कार्यसमिति सचिव लक्ष्मण बुढाले जानकारी दिनुभयो। सहयोग हस्तान्तरण कार्यक्रमको सभापति नगर कार्य समिति अध्यक्ष विजयराज जोशी,प्रमुख अतिथिमा नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेशका महासचिव महादेव जोशी, विशिष्ट अतिथिमा निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्द लगायत जिल्ला एंव नगर कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो। स्वर्गिय रानाको २०७९ जेठ २६ गते हृदयघातका कारण निधन भएको थियो।
प्रतिक्रिया दिनुहोस