दोधारा, १७ श्रावण। कञ्चनपुरको दोधाराचाँदनी वडा नम्बर-२ कि २६ बर्षिया हिरा कुमारी शाहको ज्यान लिने बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ ।बिहान साढे ९ बजे बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघलाई डार्ट गरि नियन्त्रणमा लिएको जनाईएको छ ।बुधवार बस्ती पसेको बाघले बिहीबार बिहान हिराको घाँस काट्ने क्रममा ज्यान लिएपछि नियन्त्रणमा लिने प्रयास भएको थियो ।बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि कहाँ लैजाने भन्ने बारे छलफल गरेर टुङ्गो लगाउने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस