२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु


  • २०८१ श्रावण १७, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • ३११ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ साउन । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०:४५ बजेको समयमा बाघले एक्कासि आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ०२ कमलशा टोल बस्ने २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । बाघले महिलालाई आक्रमण गरेको भनी स्थानीयले प्रहरीलाई खबर गर्नासाथ उक्त स्थानमा प्रहरी टोली खटिई खोजतलास गर्दै जाँदा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला पारेको र आक्रमण गर्ने बाघको खोजतलास भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।य

    सअघि यही साउन १५ गते राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ खजुवा बस्ने ३० वर्षीया मानमती साउँदलाई आफ्नै गोठमा गाईलाई घाँस हाल्ने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको थियो । मध्यम घाइते साउँदको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट