२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

बेलौरीमा पनि मनाइयो सहिद भिमदत्त पन्तको ७१औं स्मृति दिवस


  • २०८१ श्रावण १७, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ४६६ पाठक संख्या
  • माधब पौडेल, १७श्रावण। कञ्चनपुरको बेलौरी बजारमा रहेको किसान योद्धा एवं सहिद भिमदत्त पन्तको ७१औं स्मृति दिवसको अवसरमा सालिकमा माल्यार्पण गरिँदै श्रद्धाञ्जली अर्पण सम्पन्न भएको छ।बेलौरी बजारमा रहेको सालिक भएको स्थानमा सरसफाइ गर्दै सहिद पन्तले गरेको कामको स्मरण गरिएको थियो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य यज्ञ प्रसाद कँडेल, प्रदेश कमिटी सदस्य पार्टी जिल्ला सचिव पल्लवराज भट्ट, जिल्ला कमिटी सदस्य एवं बेलौरी नगर इन्चार्ज धनेश पन्त,नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाही, निवर्तमान अध्यक्ष बाबुराम न्यौपाने लगायत पार्टी कमिटी सदस्य, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो।जनताको न्यायका लागी कलिलो उमेरमा शोषण,दमनका विरुद्ध क्रान्तिको बाटो रोजेका पन्तले आफू जिवित रहेको (२६बर्ष ८महिना ७दिन)मा किशानको पक्षमा काम गरेका थिए।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट