२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

कृष्णपुर २ वडाद्वारा उच्च शिक्षा अध्ययनका लागि जेहेन्दार विद्यार्थीलाई छात्रबृति


  • २०८१ श्रावण १६, बुधबार मा प्रकाशित ७ महिना अघि
  • २७६ पाठक संख्या
  • कञ्चनपुर,१६ श्रावण।कञ्चनपुरको एक वडा कार्यालयले उच्च शिक्षा अध्ययनका लागि आर्थिक रुपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले उच्च शिक्षा अध्ययनका लागि आर्थिक रुपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गरेको हो ।

    कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले उच्च शिक्षा अध्ययन गरिरहेका विपन्न समुदायका १० छात्रा विद्यार्थीलाई छात्रबृति वितरण गरिएको बताउनुभयो। वडाध्यक्ष साउदले कृष्णपुर नपा २ घर भई नगरकै दुई क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नगद सामाजिक सुरक्षा कर काटेर ८ हजार ३३३ रुपैयाका दरले वितरण गरिएको बताउनुभयो।

    बुधबार एक कार्यक्तमका विच उदय सरस्वती क्याम्पसका धर्मेन्द्र रोकाया, सुनिता चौधरी, उर्मिला जोशी, चन्द्रा भट्ट, पशुपती चौधरी र कञ्चन बहुमुखी पशुपती महरा, पार्वती ठगुन्ना, डम्बरा साउद, सुस्मिता कुमारी थापा र भागरथी भट्ट छात्रा विद्यार्थीलाई छात्रबृति वितरण गरेको छ।हाम्रो वडामा बसोबास भएका विपन्न समुदायका विद्यार्थी जो उदय सरस्वती बहुमुखी क्याम्पस बंक र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा अध्ययनरत गर्दै आएका छन, उनीहरुलाई वडा कार्यालयबाट चालु शैक्षिक सत्रमा नगदै छात्रबृति दिएका छौँ।विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने उदेश्य हो ।वडाध्यक्ष साउदले आगामी दिनमा समेत उच्च शिक्षा अध्ययनका लागि थप छात्रबृतिका कार्यक्रम ल्याउने बताउनुभयो। छात्रबृति पाएका विद्यार्थीहरुले वडाबाट पाईएको छात्रबृतिले दैनिक अध्ययनमा आवश्यक पर्ने शैक्षिक समाग्री खरिदमा सहज हुने भन्दै वडा कार्यालय, वडाध्यक्ष साउदप्रति आभार प्रकट गरेका छन । जिल्लाका ९पालिका मध्ये कृष्णपुर नपा २ उच्च शिक्षा अध्ययनका लागि विपन्न समुदायका जेहेन्दार छात्रा विद्यार्थीलाई छात्रबृति वितरण गर्ने पहिलो वडा भएकाले विद्यार्थीले बताएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट