२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

वन संरक्षणकर्मी यादवद्वारा जन्मदिनको अवसरमा प्याराताल स्थित जैविक उद्यानमा बृक्षारोपण


  • २०८१ श्रावण १५, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ३०२ पाठक संख्या
  • पुनर्वास,१५ श्रावण।वन संरक्षणकर्मी कुण्डा डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले कञ्चनपुरको पुनर्वासस्थित पर्यटकीय क्षेत्र प्यारा ताल परिसरमा बृक्षा रोपण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ ।कुण्डा सव डिभिजन वन कार्यालय पचकडियाका प्रमुख यादवले साउन १५ गते परेको आफ्नो ४९ औं जन्मोत्सव जैविक महत्व बोकेको सदाबहार जलाशय प्यारा ताल परिसर स्थित जैविक उद्यानमा फुल प्रजातिका ज्याकारन्डा , गुल मोहर र ताल परिसरको रैथाने वनस्पति राजबृक्षका बिरुवा रोपेर मनाउनु भएको हो।

    प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन बिकासका लागि नागरिक अभियान चलाइएको उक्त स्थानमा बृक्षा रोपण गरि जन्म दिन मनाउने कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख यादवको पहलले समाजमा सकारात्मक सन्देश दिएको प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट