माधब पौडेल, १५ श्रावण।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ फटियामा निर्माणाधीन शिव मन्दिरमा मुर्ति स्थापना गर्नका लागि १ लाख सहयोग प्रदान ।फटिया निवासी पदम सिंह पन्त बिगत २२ बर्ष देखि मकाउमा कार्यरत सुदूपश्चिमेली समाज मकाउका संस्थापक पन्तले स्वर्गीय बुवा कल्यान सिंह पन्तको सम्झनामा पुननिर्माण भइरहेको शिव मन्दिरको मुर्ति स्थापनाको लागी मङ्गलबार एक कार्यक्रमका बीच पन्तले आमा कौसादेवि पन्त माफर्त मन्दिर व्यवस्थापन समिति संयोजक किसन पन्तलाई रु १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो।बेलौरी नगरपालिका वडा नम्बर १ फटियामा वैदेशिक रोजगारीमा रहेका युवाहरूको आर्थिक सहयोगमा शिव मन्दिर निर्माण गरिएको हो। वैदेशिक रोजगारीका लागि कोरिया, अष्ट्रेलिया, जापान, मलेसिया, दुबई, कतार, मकाउ लगायतका क्षेत्रमा बस्ने युवाहरूको सहयोगमा उक्त मन्दिरको निर्माण गरिएको फटियाका क्रियाशील युवा गजेन्द्र पन्तले जानकारी दिनुभयो। मन्दिर निर्माण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट अहिलेसम्म आर्थिक सहयोग प्राप्त नभएको पन्तले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस