२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

नोभा अस्पताल र नभिसको परिवार बीच सहमति शव बुझ्न तयार


  • २०८१ श्रावण १२, शनिबार मा प्रकाशित ६ महिना अघि
  • ६७८ पाठक संख्या
  • धनगढी,१२, श्रावण।जन्डिसको समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ दिनापुरका १७ वर्षीय नभिस चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्न तयार भएका हुन् ।

    मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको अस्पताल स्रोतले जनाएको छ ।मृतकका मामा फूलाराम चौधरीका अनुसार अस्पतालले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिनुभयो।

    जन्डिसको समस्या लिएर श्रावण ८ गते अस्पताल भर्ना भएका चौधरीको उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको थियो । सामान्य अवस्थामा अस्पताल भर्ना भएका चौधरीको स्वास्थ्य स्थिती बिग्रिदै जादा समेत अन्यत्र रेफर गरिएको थिएन । तर शुक्रबार अवस्था निकै बिग्रिएपछि अन्तिम समयमा अस्पतालले नेपालगञ्ज लैजान भन्दै रेफर गरेको थियो ।दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो । त्यसपछि आफन्तले अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै शव बुझ्न मानेका थिएनन्। अस्पतालले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गरिरहेको थियो ।उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट