२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

बेलौरीका नभिस मृत्यु प्रकरण: अस्पताल प्रशासनसंग सहमति नहुँदा अझै उठेन शव


  • २०८१ श्रावण १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ७३४ पाठक संख्या
  • धनगढी,१२ श्रावण। कैलालीको नोभा अस्पतालमा एक जना विरामीको मृत्यु भएपछि शनिवार तनावग्रस्त भएको छ। अस्पताल प्रशासन र मृतक पक्ष संग सहमती हुन सकेको छैन। कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर २ दिनापुरका १७ वर्षीय नसिभ चौधरीको मृत्युु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। तोडफोडबाट अस्पतालका सिसा फुटेका छन्। तोडफोडका क्रममा प्रहरी प्रदर्शनकारीबिच झडप समेत भएको छ। झडपका क्रममा बेलौरी नगरपालिका वडा नम्बर २ का लक्ष्मण बुढा र अभय बूढा घाइते भएका छन्। घाइतेको सारथी अस्पतालमा उपचार भैरहेको छ।

    चौधरी जन्डिसको उपचारका लागि श्रावण ८ गतेदेखि नोभा हस्पिटल भर्ना भएका थिए। बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्युु भएको थियो। अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। उचित क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।अहिले अस्पताल प्रशासन र पिडीत पक्ष बीच सहमती नहुँदा २ दिनदेखि शव अस्पतालमै छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट