गत असाढ २४ गते आएको बाढीले बेलडाँडीमा ठुलो क्षतिगरेको बिषयलाई प्रदेश सरकारमा जोडदार कुरा उठाउन पालिका प्रमुख हरिशचन्द्र रानाले माननीय प्रदेश सदस्य तथा विधायन तथा मामिला समितिका सभापति दिवान सिंह बिष्टलाई अनुरोध गरेपछि बिष्ट आफ्नो टोली सहित बेलडाँडी पुगेको पालिका प्रमुख रानाले बताउनु भयो ।रानाका अनुसार “चौधर नदीका कारण बेलडाँडीबासीले खुकुरीको धारमा हिडे सरह भएको भन्दै नदीको धार जंगलको किनार हुदै महाकालीमा मिलाउनु पर्नेमा टोलीलाई सुझाव दिदै तत्काल नदीले फुटालेको तटवन्ध निर्माण गरिदिन माग गरेको बताउनुभयो।”
अनुगमन टोली प्रमुख दिवान सिह बिष्टले बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै चौधर नदीको धार परिवर्तनका लागि सदनमा कुरो उठाउने बताउदै तत्काल समस्या समाधानको उपाय खोजीने बताउनु भयो ।
डा डा बेलडाँडीबासीले चौधर नदीको धार परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । चौधर नदीको धार जंगलको किनार हुदै बाम्नी नदीमा मिलाउने हो भने बस्ती सधैका लागि जोगिने उनीहरुले बताए । तटवन्ध मात्र निर्माण गर्ने हो भने नदीको सतह माथी उठ्दै जानेर समस्या जस्ताको त्यस्तै हुने बताउदै दिगो समस्या समाधानमा जोडदिनु पर्ने बताए । नदी पारीको ७२ विघा जमिनलाई यता बस्ती तिर पार्ने गरी नदीको धार निकुञ्जको जंगल किनार तिर गरिदिने हो भने समस्या समाधान हुने उनीहरुले बताउनुभयो ।
बेलडाँडी गाउँपालिका वडा नं.५ का स्थानीय सुरेन्द्र रानाले २०२४ साल तिर यो नदि निकुञ्जको भित्र भएर बग्ने गरेको थियो पछि नदी यता सर्दै बस्ती भित्र प्रवेश गरेको बताउनुभयो। २०५१ सालमा महाकाली सिंचाइको नहर आएपछि महाकाली सिंचाईले नदीलाई बस्तीको किनार हुदै पास गरेको बताए । यसको दिगो समस्या समाधानको उपाय भनेको नदीको धार परिर्वतन गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । त्यस पश्चात् बेलौरी नगरपालिकाका बाढी ग्रस्त क्षेत्रका भुडा,शिवनगर, कानपुर, कलकत्ता, भुराकोट र पुनर्वास नगरपालिकाको सिम्री लगायतको क्षेत्रमा स्थलगत अनुगमन गरिने प्रदेश सभा सदस्य बिष्टले जानकारी दिनुभयो।
बिष्ट संगै निस्केका प्रदेश सदस्य इन्द्रिरा गिरी, पदम बहादुर शाही, जुना कुमारी दानी, दमन बहादुर भण्डारी, बेलडाँडीका राजनितिक दलका प्रतिनिधी, जनप्रतिनिधी लगायतको टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस