कञ्चनपुर, साउन ८ ।कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३कमरीका एक आमाछोराको उमेर १ बर्ष मात्रै फरक भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको नागरिकता अनुरुप उनीहरुको उमेर १ बर्ष मात्रै फरक भएको पाईएको छ ।
प्रशासन कार्यालय कञ्चनपुरका तत्तकालिन प्रशासकीय अधिकृत हरि नारायण श्रेष्ठद्वारा हस्ताक्षरित गरिएको नागरिकतामा ११ माघ ०३८ सालमा कैलासी रानाको नागरिकता बनेको रहेछ । उक्त कैलासी रानाको उमेर नागरिकता जारीका बखत ३० बर्षको देखिएको छ । हाल कैलासीको उमेर ७३ बर्ष देखिएको छ । भने, उनका छोरा करम दास रानाको हालको उमेर ७२ देखिएको छ । करम सिह रानाले २३ चैत्र ०४६ सालमा नागरिता बनाएका थिए । उतिबेला उनले ३ भदौँ २००९ जन्ममिति कायम भएको देखिएको छ । यसरी आमा भन्दा छोराको उमेर १ बर्ष मात्रै कम भएकाले छलेर नागरिकतामा उमेर बढाएको भन्दै गाँउघरमा टिकाटिप्पणी भईरहेको छ । आमा भन्दा १ बर्ष मात्रै कम उमेर किन भएको भन्दै स्थानीयले छानबिनको माग अघि सारेका छन । ‘आमाले स्वभाविक रुपमा समाजिक सुरक्षा भत्ता खाने भईहालिन, ‘एक स्थानीयले भने, ‘तर छोराले उमेर बृद्धि गरेर अहिले समाजिक सुरक्षा भत्ता खाईरहेका छन ।’ स्थानीयले यसरी उमेर बृद्धि गरेर राज्यले जेष्ठ नागरिकका लागि दिने सेवा सुविधा दुरुपयोग गरिरहेको भन्दै छानबिनको माग अघि सारेका छन । अनि आमा भन्दा छोरा एक बर्ष मात्रै कसरी कान्छो भएको भन्दै ब्यापक टिकाटिप्पणी भईरहेको छ । यस विषयमा समेत बेलडाँडी गाँउपालिका ३ वडा कार्यालयमा समेत बिरोध एव छानबिनको माग अघि सारिएको छ । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरीले आमा भन्दा छोरा एक बर्ष मात्रै कान्छो भएकाले कसरी समाजिक सुरक्षा भत्ता खाईरहेको भन्दै वडामा डेलिगेशन आएको बताउनुभयो। 
‘यस विषयमा वडामा पनि गाउँका केही व्यक्तिहरुले कुरा उठान गरेका छन, हाम्रो वडामा पनि यस विषयमा डेलिगेशन आयो, उनको मैले नागरिकता सिफारिस गरेको पनि होईन, त्यो त ०४६ सालतिरै बनाएका रहेछन, कानुनी रुपमा करमदास रानाले पनि समाजिक सुरक्षा भत्ता पाउनु स्वभाविक हो, तर गाँउमा उमेरै नपुगेका व्यत्तिले समाजिक सुरक्षा भत्ता खाएको भन्दै बिरोध आईरहेको छ ।नागरिकता बनाउने विषयमा विगतमा के कसो भयो, यस विषयमा मैले जानकारी राख्ने कुरा नभएको अध्यक्ष चौधरीले बताए । करम सिह रानाले आफुले उमेर पुगेपछि ईमान्दारितापुर्वक प्रशासनमा गएर नागरिकता बनाएको र आमाको पनि कानुन अनुरुप बनाएको दावि गरेका छन । ‘मैले र आमाले फरक फरम मितिमा नागरिकता बनाएको छु, ‘उनले भने, ‘अब प्रशासनले बनाउने नागरिकतामा हामी नपढेलेखेका मान्छेको के गल्ती छ, प्रशासनबाट जे जस्तो नागरिकता बनाईदियो, त्यही ल्याएर आएका छौँ, मेरो र आमाको उमेरको बिरोध गर्नेहरु किन गरिरहेका छन, मलाई थाहा छैन ।’
प्रतिक्रिया दिनुहोस