२०८१ माघ २७, आईतबार | Sun, 09, Feb, 2025

वैदेशिक रोजगारीमा रहेका युवाहरूको आर्थिक सहयोगमा शिव मन्दिर निर्माण


  • २०८१ श्रावण ७, सोमबार मा प्रकाशित ६ महिना अघि
  • २७८ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ फटियामा वैदेशिक रोजगारीमा रहेका युवाहरूको आर्थिक सहयोगमा शिव मन्दिर निर्माण गरिएको छ । वैदेशिक रोजगारीका लागि कोरिया, अष्ट्रेलिया, जापान, मलेसिया, दुबई, कतार, मकाउ लगायतका क्षेत्रमा बस्ने युवाहरूको सहयोगमा उक्त मन्दिरको निर्माण गरिएको फटियाका क्रियाशील युवा गजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार, बेलौरी नगरपालिका वडा नम्बर १ का युवा मात्र नभई अरू वडा एवम् पालिकाका युवाहरूले समेत सहयोग गर्नुभएको छ । करिब रु. ७ लाख रकममा मन्दिर निर्माण गरिएको बताइएको छ । उक्त मन्दिर निर्माण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट अहिलेसम्म आर्थिक सहयोग प्राप्त नभएको पन्तले जानकारी दिनुभयो ।

    तीन दशक अगाडि निर्माण गरिएको पुरानो सानो मन्दिरलाई भत्काएर मार्बल सहित पूरै मन्दिर नयाँ निर्माण गरिएको हो । उक्त मन्दिरमा विगत लामो समयदेखि हरेक वर्ष गौरा पर्व लगायतका चाडपर्वहरूमा पूजाआजा हुने र मेला लाग्ने गरेको स्थानीयको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट