२०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

बेलौरी नगरपालिकाको गाडी मर्मतमै सिद्धियो ३६ लाख


  • २०८१ श्रावण ६, आईतबार मा प्रकाशित २ साल अघि
  • ७८७ पाठक संख्या
  • माधब पौडेल, ०६ श्रावण।कञ्चनपुरको बेलौरी नगरपालिकाले सवारीसाधन मर्मत शिर्षकमा धेरै रकम खर्च गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीले एक वर्षमा सवारी साधन मर्मत खर्च ३५ लाख ९९ हजार ९८६ रुपैयाँ खर्च गरेको देखिएको हो ।महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले सवारीसाधन मर्मत शिर्षकमा धेरै रकम खर्च गरेको उल्लेख गरेको छ ।महालेखापरीक्षकको कार्यालयलेसवारीसाधन मर्मत खर्च शिर्षकमा जथाभावी खर्च गरिएको भन्दै स्रोतको अधिकतम उपयोग हुनेगरि मितव्यिता अवलम्बन गरि खरिद कार्य गर्न सुझाव समेत दिएको छ।सवारीसाधन मर्मत शिर्षकमा पनि मर्मत कार्यको लागत अनुमान तयार गरि स्वीकृत नगरेको, फेरिएको पार्टपुर्जाको जिन्सी दाखिला नगरिएको जस्ता कारणले वास्तविक खर्च यकिन गर्न नसकिएको प्रतिवेदनमा भनिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट