२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

वाढीको ताण्डप: भीमदत्तनगरको बागफाँटामा डुवान, कटानदेखि पुल भत्कियो 


  • २०८१ अषाढ २८, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ४७१ पाठक संख्या
  • शुनिल राना, २९असार।चारदिन भिषण रुपमा आएको बर्षाले कञ्चनपुरको बागफाँटा गाँउबस्तीमा समेत ताण्डप मच्चाएको छ।

    भीमदत्त नगरपालिका १९बागफाँटामा वाढीले कटान, डुवानदेखि भौतिक सरचना भत्काईदिएको छ ।उत्तरीचुरे भएर बग्ने कालीखोला, चौधर नदीले कटान, पटानदेखि डुवान गरेको भीनपा १९का वडा सदस्य भागरथी विष्ट(कुँवर)ले बताउनुभयो । वडा सदस्य कुँवरले बागफाँटा गाँउमा समेत वाढीले वितण्डा मच्चाएको बताईन । उनका अनुसार वडाध्यक्ष जग्गुराम चौधरी सहितका झण्डै १५०घरधुरी डुवानमा परेका छन ।वाढीले जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने पुल समेत भत्काईदिएको छ, ‘उनले भनिन, ‘स्वयम वडाध्यक्ष ज्यूकै घरदेखि सयौँ नागरिकका घर डुवानमा परेका छन, नागरिक विस्थापि भएका छन ।

    महेन्द्रनगर बजार आउने बागफाँटाको कालीखोलामा पुल समेत भत्किएपछि स्थानीयलाई बजारदेखि अन्य गाँउटोल जाने यातायात सेवा अबरुद्ध भएको छ ।पुल भत्किएपछि बागफाँटाका लक्ष्मी, धर्मभक्त र सुक्र्रराज टोलका स्थानीय बढी मारमा परेका छन।विद्यार्थीलाई विद्यालय आउनदेखि स्थानीयलाई दैनिक कामकाजमा समस्या भईरहेको छ।स्थानीयले बागफाँटामा वाढीले ताण्डप मच्चाएर नागरिक संकटमा परेका बेला पालिका, प्रदेश, केन्द्रका कुनैपनि जनप्रतिनिधीले पीडा बुझ्न समेत नआएको दुखेसो पोखेका छन । उनीहरुले चुनावका बेला गाडीका लस्करका लस्कर आउने नेता कार्यकता, तीनै तहका जनप्रतिनिधी पीडा बुझ्न समेत नआएको दुखेसो पोखेका छन ।भीनपा १९का वडाध्यक्ष जग्गुराम चौधरीले वाढीबाट आफुपनि स्वयम पीडित भएर विस्थापित भएको बताए । उनले घर भत्किएपछी २४असारदेखि पुरानो वडा कार्यालयमा बसेको बताउनुभयो। ‘हामी वाढीबाट भएको क्षतिको विवरण संकलन गर्दैछौँ, ‘वडाध्यक्ष चौधरीले भने, ‘पीडितलाई राहत, पुर्नस्थापना, क्षतिग्रस्त संरचना पुर्निनिर्माणका लागि पालिका सहितका माथिल्ला निकायमा अनुरोध गछौँ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट