२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बेलडाँडी : बाढीमा फसेका ६ जनाको उद्धार


  • २०८१ अषाढ २६, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ४४६ पाठक संख्या
  • असार २५, कंचनपुर । कंचनपुरको बेलडाँडीस्थित चौधर नदि पारी फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ ।बेलडाँडी गाउँपालिका ५ झिलमिलास्थित चौधर नदीको पारी  फसेका व्यक्तिहरुको सोमबार दिउँसो ३ सम्म सकुशल उद्धार गरिएको हो।

    रातिको समयमा चौधर नदिले नहर भत्काउदा गाउँमा बाढी पसेको थियो। उद्धारका लागि सशस्त्र प्रहरी निरीक्षक रोशन राज नाथको कमाण्डमा बिओपी पचुइबाट टोलि खटीएको थियो । निरीक्षक नाथसंगै महेन्द्रनगर स्थित रुद्रध्वज गण मझगाउबाट सेनानी नवीन सिंह बोहरा सहितको १० जना इमलिया,चौधरपारी राधापुर तर्फ र रुद्रध्वज गण बेलडाँडी ब्यारेक बाट सेनानी प्रेम बोगटी सहितको ७ जना टिम गरी १७ नेपाली सेनाको टोलि उद्धारमा खटिएको थियो।  कंचनपुरमा शसस्त्र प्रहरीले १२ सय १४ जनाको उद्धार गरिएको जनाएको छ। चौधर नदीमा डुबेर बेपत्ता भएका एक युवक भने अझै भेटिएका छैनन ।त्यस्तै, बाढीले कञ्चनपुरको पुनर्वासमा तीन जना किशोरी र कृष्णपुरमा एक जना शिशुले ज्यान गुमाएका छन् । कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त, बेलडाँडी, बेलौरी, लालझाडी र पुनर्वास क्षेत्र बाढीबाट बढी प्रभावित भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट