२०८३ जेष्ठ ६, बुधबार | Wed, 20, May, 2026

बेलडाँडीस्थित चौधर नदीमा डुबेर एक जना बेपत्ता


  • २०८१ अषाढ २३, आईतबार मा प्रकाशित १ साल अघि
  • ३७१ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ असार । कञ्चनपुरको बेलडाँडीस्थित चौधर नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । आइतबार पानी कम भएको बेला नदी पारी गई माछा मारेर घर फर्कने क्रममा साँझतिर नदीमा पानी बढेको र सो नदी तर्न नसक्दा डुबेर बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । ती युवकसँगै नदी पारी गएका अन्य ५ जना भने सकुशल घर फर्किएका छन् । नदीमा पानीको बहाव बढेको र राति खोजीकार्य गर्न कठिनाइ भएकोले अब सोमबार बिहानैदेखि पुनः बेपत्ता युवकको खोजीमा खटिने इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट