कञ्चनपुर, १७ असार । नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित उहाँको कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो । रासस सञ्चालक समितिका पूर्व सदस्य समेत रहिसक्नु भएका भट्ट कञ्चनपुरबाट प्रकाशित फारवेस्ट टाइम्स दैनिकका पूर्व प्रकाशक/सम्पादक हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस