२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु


  • २०८१ अषाढ १७, सोमबार मा प्रकाशित १ साल अघि
  • ६२३ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ असार । कञ्चनपुर स्थित महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली पक्की पुलमा मजदुरी गर्ने सुर्खेतको बाराहाताल गाउँपालिका ७ घर भएका ४५ वर्षीय धन बहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हिजो बिहान ११ बजेतिर महाकाली नदीमा माछा मार्न गएको अवस्थामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई खोजतलास गर्दा साँझ ६ बजेको समयमा मृत अवस्थामा फेला पारेको बताइएको छ । यश सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट