२०८३ जेष्ठ ६, बुधबार | Wed, 20, May, 2026

बेलौरी नगरपालिकाका नागरिकहरुले लिए निःशुल्क सेवा


  • २०८१ अषाढ ११, मंगलबार मा प्रकाशित १ साल अघि
  • ८५२ पाठक संख्या
  • माधव पौडेल,११ असार। कञ्चनपुरको बेलौरी नगरपालिकाका बासिन्दालाई निशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी कैलाली विच सम्झौता भए अनुरूप हालसम्म पालिकाका भित्रका ५२ जनाले सुविधा लिएका छन्।

    बेलौरी नगरपालिकाका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी कैलालीसंग २०८० साल कार्तिक १६ गते सम्झौता गरे पश्चात् ३३ जना महिला र १९ पुरुष गरी जम्मा ५२ का लागी २३६ पिन्ट रगत निःशुल्क उपलब्ध गराएको हो। पालिका भित्रका गरिव निमुखा लागी रगतकै समस्याका कारण ज्यान नपाओस् भन्ने उदेश्यले बेलौरी नगरपालिका र  नेपाल रेडक्रस सोसाइटी कैलाली बीच सम्झौता भएको बेलौरी नगरस्तरीय विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति अशोक पाण्डेयले जानकारी दिनुभयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट