२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

जिल्लाकै जेठो भीमदत्त नगरको १ अर्ब, ९५ करोड बजेट 


  • २०८१ अषाढ १०, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ४८८ पाठक संख्या
  • कञ्चनपुर, १०असार ।कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । जिल्लाकै जेठो एव पुरानो भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो ।

    सोमबारदेखि शुरु भएको भीमदत्त नगरपालिकाको १५ औँ नगर सभामा १ अर्ब, ९५ करोड ६९ लाख, ३३ हजार बराबरको बजेट प्रस्तुत भएको छ ।नगर प्रवक्ता पदमराज अवस्थीले नै नगर सभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आन्तरिक आय तर्फ ३० करोड हुने अपेक्षा गरिएको छ । वित्तिय समानुकिरण संघीय तर्फ २४ करोड, ४१ लाख, प्रदेश तर्फ २ करोड ४० लाख, संघीय तर्फ शसर्त अनुदान ५८ करोड, १३ लाख, प्रदेश तर्फ १करोड, ९८ लाख, संघीय तर्फ राजस्व बाँडफाँड १८ करोड, ७ लाख, प्रदेश तर्फ ८४ लाख, संघीय तर्फ समपुरक ७५ लाख, प्रदेश तर्फ १ करोड ८६ लाख, संघीय तर्फ विशेष अनुदान १ करोड, प्रदेश तर्फ ५० लाख, समाजिक सुरक्षा ५२ करोड, ५० लाख, सर्डक बोड १ करोड, क्षेत्रीय शहरी विकास आयोजना २४ लाख र नगद मौज्दात २करोड आयतर्फ प्रस्तुत गरिएको छ ।

    आन्तरिक आयबाट खर्च हुने चालुमा २१ करोड, वडा कार्यालय चालु ७० लाख, विषयत शाखा कार्यक्रम ३ करोड, २५ लाख, नगर विकास कोष १ करोड, भारतीय राजदुताबास म्याचिङ्ग तर्फ २ करोड, विभिन्न कोष तर्फ ४ करोड ५० लाख, राजस्व बाँडफाँड तर्फ वडा कार्यालय चालु ७० लाख, पालिका १८ करोड, ११ लाख र अन्य चालु म्याचिङ्ग १० लाख विनियोजन गरिएको छ । पूँजिगत खर्च तर्फ वडातर्फ पँुजिगत १२ करोड ६० लाख, विषयगत शाखा ७५ लाख, सार्वजनिक सरचना मर्मत कोष ५० लाख, नगरस्तरिय पुजिगत आयोजना तर्फि ४ करोड, ४४ लाख, पुँजिगत म्याचिङ ७ करोड, ५२ लाख, शसर्त अनुदान खर्च ६० करोड, ११ लाख, समपुरक अनुदान २ करोड, ६१ लाख, सडक बोड तर्फ १ करोड र शहरी विकास आयोजना तर्फ २४लाख विनियोजन गरिएको छ ।

    आगामी आर्थिक बर्षमा भीमदत्त नगरपालिकाले केही नयाँ कार्यक्रम संचालन गर्ने योजना ल्याएको छ । नगर प्रवक्ता अवस्थीले ‘मेयर अन द स्र्पट कार्यक्रम’ एकदमै नयाँ भएको बताउनुभयो। नगर क्षेत्रका दुर्गम क्षेत्र, अति विपन्न दलित, लोपोन्मुख, जाति, द्वन्द्वपीडित , महामारी पीडित, विपद् प्रभावित, हिन्सामा परेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गम्भिर दुर्घटनामा परेका व्यक्ति परिवार, साहरा बिहिन बेसाहराको उत्थानका लागि कार्यक्रम संचालन गरिनेछ । यसका साथै बुक फ्रि फ्राईडे कार्यक्रम समेत संचालन गरिने छ । हरेक शुक्रबार विद्यालयमा विद्यार्थीलाई किताब मुक्त गरेर अतिरिक्त कार्यक्रम संचालन गरिनेछ । स्मार्ट हेल्थ, नगरलाई विषादीयुक्त बनाउँदै प्राङगारिक मल उत्पादनका कार्यक्रम संचालन गरिनेछन । नगर प्रवक्ता शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटनका उच्च प्राथमितामा राख्दै गत विगतमा अधुरा योजना पुरा गर्दै नगर सम्बृद्धिका योजना प्रभावकारी कार्यान्वयन गरिने बताए । नगर प्रवक्ता अवस्थीले नगर सभा शुरु भएको र नीति, कार्यक्रम एव बजेट अध्ययनका लागि नगर सभा सदस्यहरुलाई दिएको केही दिनभित्रै पुन नगर सभाको बैठकबाट पारित गरिने बताए । कावा नगर प्रमुख निलम लेखकको अध्यक्षतामा शुरु भएको नगर सभा नगर प्रमुख पदम बोगटी आएपछि नीति, कार्यक्रम, बजेट पारित गरिने प्रवक्ता अवस्थीले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट