हिक्मत कुमार शाही,कुवेत,०८ असार । “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेलि” भन्ने मुल नाराका साथ प्रवासमा संचालित सुदुरपश्चिमेलि नेपाली समाज कुबेतले दुई जना अथितिलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको छ । नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको अवसरमा कुबेत आउनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व सांसद,वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख प्रकाश रसाईली (स्नेही) र नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र बहादुर भाटलाई शुक्रबार कुवेतस्थित शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहल फर्वानियामा आयोजित एक कार्यक्रममा सुदुरपश्चिमेलि नेपाली समाज कुबेतका संरक्षक,सल्लाहकार र पदाधिकारीहरुको सहभागितामा मायाको चिनो प्रदान गर्दै, खादा सहित सम्मान गरेको हो ।लामो समय देखि समाज परिवर्तनको लागि आवाज बुकन्द गर्दै सुदुरपश्चिमेलि नेपालीहरुको मुटुको ढुकढुकी बनेर सुदुरपश्चिमको भाषा, संस्कृती संरक्षण र सुदुरपश्चिमको चौतर्फी बिकासको लागी राजनीतिक रुपमा सकृय भएर सरकार एवं पार्टीमा खबरदारी गरिएको योगदानलाई उच्च मुल्यांकन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व सांसद,वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख प्रकाश रसाईली (स्नेही) लाई समाजले मायाको चिनो प्रदान गर्दै,खादा सहित सम्मान गरिएको सुदुरपश्चिमेलि नेपाली समाज कुबेतका उपाध्यक्ष महेश कुमारले बताउनु भएको छ ।
यस्तै लामो समय देखि प्रवासी भुमिमा रहेर पनि विभिन्न संघ सस्थामा अवद्व भैइ सुदुरपश्चिमको भाषा,कला संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले सुदुरपश्चिमेलि नेपाली समाजलाई सबै सामु चिनाउदै प्रवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु संग हातेमालो गर्दै सामाजिक कार्य र मानव सेवामा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र बहादुर भाटलाई पनि समाजले मायाको चिनो प्रदान गर्दै,खादा सहित सम्मान गरिएको समाजका उपाध्यक्ष कुमारले बताउनु भएको छ । नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङको पनि सम्मान कार्यक्रममा सहभागिता रहेको रहेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व सांसद,वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख रसाईली र नेपाली काँग्रेस महासमिति सदस्य भाटले नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको अवसरमा कुबेत पुग्दै गर्दा सुदुरपश्चिमेलि नेपाली समाज कुबेतले अमुल्य मायाको चिनो सहित गरेको सम्मान प्रति सु.प.समाज कुबेतलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
रोजगारीको सिलसिलामा प्रवासमा दुख र पिडालाई भुलेर भएपनि सबैजना एकजुट भएर समग्र सुदुरपश्चिमको भाषा,कला संस्कृतीलाई बिदेशमा चिनाउदै,समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उद्वार तथा दैविक प्रकोप लगायत विभिन्न समस्यामा सहयोगको भावनाले हातेमालो गर्दै महत्त्वपूर्ण भुमिका निर्वाह गरिहरेको खबर सुन्दा आफुहरु अतिनै खुशी भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व सांसद,वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख रसाईली र नेपाली काँग्रेस महासमिति सदस्य भाटले बताउनुभयो ।
आगामी दिनमा पनि यसैगरी विभिन्न सामाजिक काममा सकृय भएर लाग्न अनुरोध गर्दै,आफुहरुबाट हुने सहयोग गर्न पनि तयार रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व सांसद,वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख रसाईली र नेपाली काँग्रेस महासमिति सदस्य भाटले बताउनुभयो । नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनलाई सफल पार्नका लागि सुदुरपश्चिमेलि नेपाली समाज कुबेतका संरक्षक,सल्लाहकार र पदाधिकारीहरु कार्यक्रममै गएर आर्थिक सहयोग गरिएको बताईएको छ । मायाको चिनो प्रदान तथा अथिती सम्मान कार्यक्रममा सुदुरपश्चिमेलि नेपाली समाज कुबेतका संरक्षक,सल्लाहकार र पदाधिकारीहरुको सहभागिता रहेको थियो । सुदुरपश्चिमेलि नेपाली समाज कुबेतले बिगत लामो समय देखि सुदुरपश्चिमको भाषा,कला संस्कृतीलाई बिदेशमा चिनाउदै,कुबेत तथा अन्य देशमा समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उद्वारमा पहल,समन्वय तथा दैबिक प्रकोप,बिपद लगायत विभिन्न समस्यामा सहयोगको भावनाले हातेमालो गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस