२०८१ आश्विन २९, मंगलबार | Tue, 15, Oct, 2024

बेलौरीमा बालविकास शिक्षक लागि सामाग्री निर्माण तथा पुनर्ताजकी तालिम सम्पन्न


  • २०८१ अषाढ ९, शनिबार मा प्रकाशित ३ महिना अघि
  • २१४ पाठक संख्या
  • माधव पौडेल,०८ असार। कञ्चनपुरको बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ३दिने बालविकास शिक्षक लागि सामाग्री निर्माण तथा पुनर्ताजकी तालिम शनिवार सम्पन्न भएको छ।असार ६ गतेबाट सुरु भएको बालविकास शिक्षक लागि सामाग्री निर्माण तथा पुनर्ताजकी तालिममा बेलौरी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय अध्यायन गराईरहेका पालिकाका भित्रका ५० जना लागि बालमैत्री सिकाइ र शैक्षिक गणस्त अभिवृद्धिका लागि गरिएको बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्टले जानकारी दिनुभयो। निमित्त प्रमुख भट्टका अनुसार विगतका वर्षदेखि नै क्षमता अभिवृद्धिका लागि समय समयमा तालिम गर्दै आईरहेको समेत बताउनुभयो।कार्यक्रममा बोल्दै कल्याण माध्यामिक विद्यालय पौलाहका बालविकास शिक्षिका गंगामाया श्रेष्ठले पालीकाले आयोजना गरेको तालिमले धेरै कुरामा ज्ञान प्राप्त गरेको बताउँदै तालिम लिनुभन्दा अगाडि भन्दा अहिले धेरै कुरा सिकिएको बताउनुभयो।अब हामीले तालिम लिईसकेपछि विद्यालयमा गएर व्यवहारमा उतार्ने समेत बताउनुभयो।तालिमको प्रशिक्षकमा सोमनाथ राना,काजल राना र बबिता रानाले रहनुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट