कञ्चनपुर,०७ असार । नेपाली सेनाले दिने राष्ट्रिय सेवा दलको (एन.सि.सि) तालिम कञ्चनपुरको बेलौरीमा शुरु भएको छ । बेलौरी नगर पालिका वडा नं ६ बेलौरीमा अवस्थित विज्डम एकेडेमीमा शुक्रबार देखि उक्त तालिम प्रारम्भ भएको हो । तालिममा बिद्यालयका १८ छात्र र १८ छात्रा गरि ३६ जनाको सहभागिता रहेको छ ।
उदघाटन कार्यक्रममा सभापति विज्डम एकेडेमीका संस्थापक अध्यक्ष दिनेशबहादुर कुँवर,प्रमुख अतिथि श्री श्री दन दल गुल्मका गुल्मपति सेनानी राजिवजंग ठकुरी रहनुभएको थियो। विशिष्ट अतिथिमा महाकाली प्रादेशिक अस्पतालका डाक्टर प्रतिक लेखक बेलौरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ,अतिथिमा श्री दलगण का ओम कुमार श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा एनसीसीका शिक्षक सुभाष न्यौपाने र पुनशराम चौधरी लगायतको उपस्थिति थियो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल गोविन्द थापाले राख्नुभएको थियो। प्रिन्सिपल थापाले यो एनसीसी तालिम विगतका वर्षदेखि गर्न खोजिए तापनि अहिले आफ्नो विद्यालय हुन लागेकोले खुसी व्यक्त गर्दै आफूले यस तालिमका लागि गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सेनानी ठकुरीले यस तालिमले युवा वर्गलाई अनुशासित, इमान्दार र बफादारिताको भावना विकास गराउने बताउँदै ।७९ दिन सम्म बिद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्य ज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाईन्छ । सिनियर डिभिजनले हतियार तालिम अर्थात फायरिङ पनि सिक्दछ।९७ दिनको तालिम पछि २१ दिनको क्याम्प तालिम हुन्छ । क्याम्पका बाँकेको कोहलपुरमा लगिने समेत सेनानी ठाकुरले बताउनुभयो। । २१ दिन चल्ने क्याम्प तालिममा खोज, उद्धार देखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्त्व विकास सम्मको तालिम लिन सकिने छ । सिनियर डिभिजन तालिममा घोडचढी, स्विमीङ, हाइकिङ र क्लाईम्बिङ सम्म सिकाइन्छ ।७९ दिन सम्म बिद्यालयमा सञ्चालन हुने तालिम लाई ४० दिन र २१ दिनको क्याम्प तालिमलाई १६ दिनको राखिएको छ । कार्यक्रम कार्यक्रमको समापनमा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष दिनेशबहादुर कुँवरले पढाइसँगै विद्यार्थीहरूका लागि शारीरिक परिवर्तन का लागि यस तालिम गर्न सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। अध्यक्ष कुँवरले यस तालिमका लागि आफ्नो विद्यालय ले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने समेत बताउनुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल दिपेन्द्र मडैले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस