२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

रिकोन इन्टरनेशनल च्यारिटेबल ट्रष्टको अन्तरक्रिया


  • २०८१ अषाढ ६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५३५ पाठक संख्या
  • केशब भट्ट, ०६ असार, धनगढी कैलालीमा रहेको रिकोन इन्टरनेशनल च्यारिटेबल ट्रष्टले सिपमुलक तालिम सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ।बुधबार कैलालीको धनगढीमा नेपालकको ग्रामीण युवालाइ विश्वमा शसक्त बनाउने हाम्रो प्रतिबद्धता भन्ने उद्देश्य रहेको च्यारिटेबल ट्रष्टले सीपमुलक प्याकेज जानकारीका लागि कार्यक्रम गरिएको ट्रष्टका प्रमुख चन्द्र सेखर रावले बताउनुभयो।ट्रष्टले बिश्वका १६ देशमा १ सय ७० वटा कार्यक्रमहरु संचालन गरेको छ । नेपालमा भने  पहिलो पटक कार्यक्रम गर्ने प्रयास गरिएको बताउनुभयो।

    विभिन्न प्याकेज अन्तर्गत अमेरिकाबाट अनलाईन कक्षा संचालक हुने कार्यक्रमका सहजकर्ता नवीन शर्माले जानकारी दिनुभयो।दैनिक ३ देखि ४ घण्टा कक्षा संचालन हुने प्याकेज ६० दिनको रहने समेत शर्माले बताउनुभयो। कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा, उपप्रमुख भुलिया राना, नेपाली काङ्ग्रेस कंचनपुर क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्याय लगायत कैलाली  र कंचनपुरका विभिन्न बिद्यालयका शिक्षक, बिध्यार्थीहरुको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट