२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते


  • २०८१ अषाढ ६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४८९ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ असार । कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते हुनुभएको छ । बिहीबार राति ९ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट पुनर्वास नगरपालिका वडा नम्बर १० विकासबस्ती दोदा पुल नजिक बस्ने अन्दाजी ७१ वर्षीय बाजी राना घाइते हुनुभएको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभयो । आफ्नै घरको बाहिर हात्तीको आक्रमणबाट गम्भीर घाइते रानालाई थप उपचारका निसर्ग हस्पिटल धनगढी लगिएको छ । उहाँको घाँटी र खुट्टामा घाउ देखिन्छ । घाइतेको अवस्था बुझ्न बन अधिकृत यादव अस्पताल पुग्नु भएको छ । जङ्गली हात्ती भने भारतीय दुधुवा नेशनल पार्क भित्र पसिसकेको बन अधिकृत यादवले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट