२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

बेलडाँडीमा चिस्यान केन्द्रको शिलान्यास 


  • २०८१ अषाढ २, आईतबार मा प्रकाशित ११ महिना अघि
  • ३५२ पाठक संख्या
  • केशब भट्ट ०२, जेठ ।कंचनपुर किसानको सुविधाका लागि कंचनपुरको बेलडाँडीमा चिस्यान केन्द्र स्थापना हुने भएको छ।स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा जिल्लाको बेलडाँडी गाउँपालिकाले  चिस्यान केन्द्रको निमार्ण कार्य सुरु गरेको हो।

    आ्रईतबार प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले एक कार्यक्रमका बिच उक्त चिस्यान केन्द्रको शिलान्यास गरेका हुन।गाउँपालिकाको वडा नम्बर २ गौडीमा कृषि मन्त्रालय र गाउँपालिकाको साझेदारिको १ करोड बजेट लगानीमा काम सुरु गरिएको हो ।चिस्यान केन्दमा किसानले उत्पादन गरेका, फलफुल, आलु, अदुवा किसानले भण्डारण गर्न सक्नेछन ।किसानहरुले अफसिजनमा बजारमा लिएर बिक्रि गर्ने र किसानलाई आत्मनिर्भर गराउने उद्धेश्यले चिस्यान केन्द्र निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट