माधब पौडेल,३१ जेठ्। कञ्चनपुरको बेलौरी नगरपालिकाले दिनहुँ २१ हजार ९ सय ४ रुपैयाँ रकम इन्धनमा मात्र खर्च गर्ने गरेको देखिएको छ । बेलौरी नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० मा ७९ लाख ९५ हजार ४१ रुपैँया इन्धनमा मात्र खर्च गरेको देखिएको छ।
महालेखापरीक्षकको प्रतिवेदनमा कार्यालयले विनियोजित बजेट खर्च गर्दा सार्वजनिक श्रोतको अधिकतम उपयोग हुने गरि मितव्यिता अवलम्बन गरी खरिद कार्य गर्नुपर्ने भन्दै कार्यालयले प्रयोजनका लागी र पदाधिकारीका लागि गरि जम्मा रू.७९,९५,०४१। ईन्धन बापत खर्च गरेको देखिएको छ। कार्यालयले उक्त खर्च लेख्दा कुन कुन गाडीको लागि कति कति ईन्धन उपलब्ध गराई कहाँ कहाँ गई के प्रयोगमा सवारी साधन प्रयोग भएको हो सो को सम्पूर्ण विवरण खुलाउने लगबुक, कार्यविवरण माइल मिटर, सवारी साधन नं. आंशिक रूपमा मात्र खुलाएर अभिलेख राखेकोले ईन्धन खर्च कार्यालय प्रयोजन र पदाधिकारीका लागि मात्र भएको भनी एकिन गर्न नसकिएको भन्ने प्रतिवेदनमा उल्लेख गरेको छ। बिकाश निर्माणमा भन्दा ईन्धनमा आवश्यक भन्दा बढी खर्च भएको देखिंदा पनि दल र दलका नेताकार्यकर्ताले वास्ता गरेका छैनन्।
प्रतिक्रिया दिनुहोस