२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

लालझाडीमा बाख्रा पालन सम्बन्धी अभिमुखीकरण तालिम एवं बाख्रा वितरण


  • २०८१ जेष्ठ २९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४३१ पाठक संख्या
  • माधव पौडेल, कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको लालझाडीमा बाख्रा पालन सम्बन्धी अभिमुखीकरण तालिम एवं बाख्रा वितरण कार्यक्रम गरिएको छ । लालझाडी गाउँपालिका कार्यालयको आयोजना र दलित समन्वय संघको सहकार्यमा मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर २ को सभा हलमा बाख्रा पालन सम्बन्धी अभिमुखीकरण तालिम तथा बाख्रा वितरण कार्यक्रम गरिएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को दलित वर्ग लक्षित कार्यक्रम अन्तर्गत पालिका भित्रका सबै वडाबाट छनौट भएका ३९ जनालाई बोयर जातका बाख्रा वितरण गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो । बाख्रा पालनबाट जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले पालिका भित्र रहेका दलित परिवारलाई पालिकाबाट बजेट विनियोजन गरेर एक दिवसीय अभिमुखीकरण तालिमका साथै बोयर जातको बाख्रा वितरण गरिएको बताउनुभयो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले आफूले धेरै ठाउँमा अनुगमनमा जाँदा बाख्रा पालन गरेर मनग्य आम्दानी लिन सकिने देखेकोले पालिकाबाटै आर्थिक वर्ष २०८०।०८१ मा ५ लाख बजेट विनियोजन गरेर बाख्रा पालन कार्यक्रमको थालनी गरिएको बताउनु भयो । यो वर्ष थोरै बजेट विनियोजन गरेर भए पनि कार्यक्रम सुरु गरिएको र कार्यक्रम फस्टाउँदै गए अझै यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने समेत अध्यक्ष रानाले बताउनु भयो । कार्यक्रमका सभापति एवम् लालझाडी गाउँपालिका स्तरीय दलित समन्वय संघका अध्यक्ष यज्ञराज सार्कीले लाभग्राहीहरूले बाख्रा पालनलाई बढाउँदै व्यावसायिक रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट