बेलौरी,२७ जेठ्। कञ्चनपुरको बेलौरी नगरपालिकाका वडा नम्बर २ को आयोजना,रेडियो बेलौरी १०५ मेगाहर्जको सहजीकरणमा आर्थिक बर्ष २०७८/०७९ र २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
वडाले आर्थिक बर्ष ०७८/०७९ र ०८०/०८१ मा वडा,नगर,प्रदेश र संघीय सरकारबाट प्राप्त गरेका योजनाको बारेमा प्रतिवेदन बेलौरी नगरपालिकाका वडा नं २ का वडा सचिव श्याम कुमार रानाले प्रस्तुत गर्नुभएको थियो।
बेलौरी नगरपालिकाका वडा नं २ का वडाध्यक्ष कलबिर चौधरीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा वडा कार्यालयले आर्थिक बर्ष ०७८/०७९ र ०८०/०८१ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले जानकारी दिनुभयो।
कार्यक्रममा बेलौरी नगरपालिकाका पशु सेवा शाखा प्रमुख, कृषि शाखा प्रमुख , वडा नं २ का जनप्रतिनिधी, भलमन्सा, बुद्धिजीवि तथा सरोकारवालाका लगायत करिब ११५ जना स्थानीयको उपस्थिती रहेको थियो। भने कार्यक्रममा नगरप्रमुख,नगर उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,नगर प्रवक्ताको अनुपस्थिती रहेको थियो।
कार्यक्रमका सहभागीहरुले सोधेको प्रश्नको जवाफ दिने पालिकाका जिम्मेवार जनप्रतिनिधि एवं कर्मचारीको अनुपस्थित हुँदा पालिका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत लाई गरेको प्रश्नको वडाध्यक्ष कलबिर चौधरीले नै जवाफ दिनुभएको थियो। विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाव दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सल्लाह सुझाव दिएका थिए ।कार्यक्रमको सहजिकरण रेडियो बेलौरी १०५ मेगाहर्जका पत्रकार दिनेशराज ओझाले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस