२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

बेलौरी नगरपालिका ३ पडावमा भेटियो शंकास्पद बस्तु


  • २०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ९११ पाठक संख्या
  • माधब पौडेल,२५ जेठ्।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ पडावमा शुक्रबार शंकास्पद बस्तु भेटिएको छ।बेलौरी नगरपालिका वडा नम्बर ३ स्थित भज्जन रानाको घरको जग खन्ने क्रममा सिमेन्टको बोरा भित्र सकेट बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता उमेश जोशीले जानकारी दिनुभयो।शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले त्यस स्थानमा ईलाका प्रहरी कार्यालय बेलौरी टोलि,सशस्त्र प्रहरीको टिम र धनगढी कैलालीबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर खोज अनुसन्धान गरेको गरिहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता उमेश जोशीले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट