२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

लालझाडीमा विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न


  • २०८१ जेष्ठ २३, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ३४५ पाठक संख्या
  • माधब पौडेल,२३ जेठ्। कञ्चनपुरको लालझाडी गाउँपालिकाको आयोजना निड्स नेपाल अन्तर्गत मर्सिकोर (एम रेड) ,कारितास नेपाल (एनएल आर पि -आइ )जुनेली महिला कृषि सहकारी संस्था,लि-वर्डको(सक्षम )को सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा “हाम्रो भुमी हाम्रो भबिस्य” भन्ने मुलनारा सहित बृक्षारोपण एवं सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।बुधबार लालझाडी गाउँपालिका कार्यालयबाट ब्यानर, प्लेकार्ड सहित विश्व वातावरण दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गर्दै बृक्षारोपण एवं बिधालयमा सरसफाइ कार्यक्रम गरिएको थियो।बृक्षारोपण कार्यक्रममा आँप ,लिची,कागती ,रक्तचन्दन,मसला ,अशोक लगायत विभिन्न प्रजातीका फुलका बिरुवाहरु लगाइएको निड्स नेपाल अन्तर्गत मर्सिकोर (एम-रेड)का प्राविधिक अधिकृत कौशल भण्डारीले जानकारी दिनुभयो।कञ्ज स्थित सामुदायिक विपद ब्यवस्थापन समितीले दोदा नदि छेउमा बृक्षारोपण गर्नका लागि घेरवार गरेको स्थानमा विभिन्न निकायहरूको सहकार्यमा मसलाका बोटबिरुवाहरु लगाउदै शंकरपुर स्वास्थ्य चौकीमा फलफुलका बिरुवा रोपिएको प्राविधिक अधिकृत भण्डारीले बताउनुभयो।वातावरण दिवसकै अवसरमा भानु माध्यामिक बिधालयलाई २ थान डस्ट्विन लगायतको सामग्री हस्तान्तरण गरिएको थियो।कार्यक्रममा लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की,कृषि बिकाश शाखाका प्रमुख दशरथ साउँद,वातावरण शाखा प्रमुख नरेश भट्ट,रोजगार संयोजक केशव पन्त,पशुपक्षी शाखा प्रमुख बिशन बिष्ट,सहकारी शाखाका प्रमुख प्रभु जोशी , बिधालयका प्रधानाध्यापक एवं प्रतिनिधि,सामुदायिक बिधालयका बाल क्लबका बिद्यार्थी ,स्थानीय सामुदायिक विपद व्यवस्थापन समिती पदाधिकारी,सहकार्य निकायका पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो।

    लालझाडी गाउँपालिका र निड्स नेपाल(एम-रेड ) कार्यक्रमले दोदा बगर क्षेत्रलाई संरक्षणको हिसाबले नमुना क्षेत्र बनाउने क्रममा लालझाडी गाउँपालिकामा निड्स नेपाल(एम-रेड) कार्यक्रमले बिगतका बर्षदेखि नै विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दैआइरहेको छ।हाललाई लालझाडीको कञ्ज र चन्दापुरका क्षेत्रमा प्रकृतिमा आधारित बाढीको जोखिम न्यूनीकरणका लागि २ वटा नमुना साईट बनाउने योजना बनाएको निड्स नेपाल(एम-रेड )कार्यक्रमका संयोजक नवीन भट्टले बताउनुभयो।नदि तटीय क्षेत्रमा कटानी-पटानी घटाउनुका साथै तटीय जमिनबाट आम्दानी बढाउने अपेक्षा लिइएको समेत संयोजक भट्टले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट