कञ्चनपुर, जेठ १८।महेन्द्रनगर नगर विकास समितिको जमिनमा निर्माण भएका सबै अवैध संरचना खाली गराईने भएको छ ।
शुक्रबार नगर विकास समितिका अध्यक्ष समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीको अध्यक्षतामा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले नगर विकास समितिको जमिनमा निर्माण भएका अवैध सबै संरचना खाली गराईने निर्णय भएको छ भीमदत्त नगरपालिका ८का वडाध्यक्ष समेत रहेका नगर विकास समिति सदस्य मदनराज मिश्रले सर्वदलिय, पक्षीय बैठकबाट अदालतबाट समेत रिट खारेजी गरिएका सबै अवैध सरचना हटाउन आएको सुझाव अनुरुप नगर विकास समितिले सबै सरचना खाली गर्ने निर्णय गरेको बताउनुभयो।
वडाध्यक्ष मिश्रले नगरविकास समितिको जमिनमा निर्माण भएका सबै संरचना हटाउन निरन्तरता दिने भएको छ। भीमदत्त नगरपालिकाले कुनैपनि संरचना स्वामित्वमा नलिने र सबै भत्काएर खाली गराईनेछ । ५जेठदेखि भीमदत्त नगरपालिका ४महेन्द्रनगर क्षेत्रका सरचना खाली गराईएको थियो । फेरीपनि अवैध संरचना हटाईने छ । यस अघि बेवारिसे सरचना भत्काईएको थियो । भीमदत्त नगरका नगर प्रवक्ता समेत रहेका ५का वडाध्यक्ष पदम राज अवस्थी र ४का वडाध्यक्ष शुशिल भट्टको कमाण्डिङ्गमा संरचना हटाईएको थियो । भीमदत्त नगरपालिकाले अवैध सरचना खाली गराउन थालेपछि स्थानीयको समेत साथ सर्मथन पाईएको छ ।
प्रतिक्रिया दिनुहोस