२०८३ बैशाख २, बुधबार | Wed, 15, Apr, 2026

कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र बनाउन सास्ती :पालिका अनुसार पालो लगाउन प्रदेश सांसद बिष्टको सुझाव 


  • २०८१ जेष्ठ १६, बुधबार मा प्रकाशित १ साल अघि
  • ९४५ पाठक संख्या
  • केशब भट्ट, जेठ १६ बेलौरी।कंचनपुरको पुनर्वास स्थित इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तिमा राष्ट्रिय परिचयपत्र बनाउन आएकाहरु पालो नपाउँदा समस्यामा परेका छन ।

    बेलौरी, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाबासीले परिचयपत्र बनाउन ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती आउनुपर्ने भएकाले बेलौरी र लालझाडीबासीलाई समस्या भएको हो।नजिकका सेवाग्राही  कार्यालयमा बिहानदेखि लाईन लागेर परिचयपत्र बनाउने भएकाले टाढा आउने सेवाग्राहीले पालो नपाउने गरेको गुनासो गरेका छन।समस्या समाधानका लागि प्रदेश बिधायन समितिका सभापति दिवान सिंह बिष्टले प्रत्येक पालिकालाई पालो अनुसार परिचयपत्र बनाउन सुझाव दिनुभएको छ ।प्रदेश सदस्य बिष्टले कंचनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई पालो अनुसार परिचय पत्र वितरण गर्न व्यवस्था मिलाउनका लागि आग्रह गर्नुभयो। प्रमुख जिल्ला अधिकारीले अब आउने हप्तादेखी पालिका अनुसार पालो लगाई परिचयपत्र वितरण गरिने बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट