२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

बेलडाँडीबाट आजदेखि नियमित काठमाडौंका लागि बस सेवा सुचारु


  • २०८१ जेष्ठ १६, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ५३५ पाठक संख्या
  • बेलडाँडी,१६ जेठ् ।कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको बसपार्क देखि आज देखि नियमिति रुपमा काठमाडौंका लागि बससेवा शुरुचारु भएको छ। संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिंह बिष्ट, पालिका प्रमुख हरिशचन्द्र रानाको अथक प्रयास पछि बेलडाँडीका यात्रुहरुलाई सहज हुने गरि बेलडाँडी देखि काठमाडौंका लागि सेवा सुचारु गरिएको हो ।

    बेलडाँडीका यात्रुले काठमाडौं जानका लागि महेन्द्रनगर धनगढी जानुपर्ने समस्याको अन्त्य गरिएको पालिकाले जनाएको छ । बेलडाँडीका यात्रुहरुले यताउता गएर समेत समय अनुसारको टिकट नपाउनु सिट नपाउनु जस्ता समस्यालाई मध्यनजर गर्दै सेवा विस्तार गराएको जनाउनु भयो । यता पालिकाले निर्माण गरेको बसपार्क लामोसमय देखि प्रयोग विहिन भएकाले त्यसलाई प्रयोगमा ल्याउने कार्यका लागि समेत पहल गरेको अध्यक्षका स्वकीय सचिव कुलैराज उपाध्यायले जनाउनुभयो।उहँका अनुसार गाउँपालिकाले अन्य पहाडी जिल्लाका लागि समेत सेवादिने बिषयमा बस समिति संग सकारात्मक छलफल भएको समेत बताउनु भयो । बस सेवा बिहान ८ बजे बेलडाँडी बर्षपार्क देखि बेलौरी डोकेवजार हुदै काठमाडौं जाने समितिले जनाएको छ ।सेवा प्रारम्भ कार्यक्रममा पालिका अध्यक्ष हरिशचन्द्र राना, नेकपा एमालेका युवा नेता अक्कल बहादुर बिष्ट, महाकाली बस व्यवसायी समतिका अध्यक्ष डम्वर राज पन्त लगायत पदाधिकारी, वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडका लगायत वस व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट