पुनर्वास,१५ जेठ् ।कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास स्थित पर्यटकीय स्थल प्यारा तालमा पर्यटन बिकासका लागि ताल परिसरमा सोमबार माछाको प्रतिमा प्रतिस्थापन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य बिधायन समिती सभापति दिवान सिंह बिष्ट र प्रदेशसभा सदस्य लेखा समिती सभापती वीर बहादुर थापा द्वारा प्यारा ताल परिसरमा माछाको प्रतिमा प्रतिस्थापन गरिएको हो ।तालको पर्यटन बिकासका लागि सुरु गरिएको अभियानमा नागरिकहरु द्वारा स्व स्फुर्त रुपमा जुटेको आर्थिक सहयोगबाट निर्मित माछाको प्रतिमालाई पर्यटकहरुको अवलोकनका लागि ताल परिसरमा राखिएको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र कुमार बस्नेतले बताउनुभयो।
जैविक हिसावले सुदूरपश्चिम पश्चिमकै उत्कृष्ट ताल प्रचार प्रसार र आबश्यक पुर्वाधार निर्माण हुन नसक्दा ओझेलमा परेको थियो । तालको प्रचारप्रसार र भौतिक संरचना निर्माणका लागि अहिले नागरिक स्तरबाट अभियान चलाइएको छ ।नागरिक पहलमा हाल सम्म विश्वमै दुर्लभ जलचर ओद ,दक्षिण एशियामै दुर्लभ पहेँलो धुरे प्रजातिको कछुवा , माछा ,आकर्षक सेल्फी स्पट र वाटर फाउन्टेनको जग निर्माणको काम सम्पन्न भइ सकेको छ ।ताल परिसरमा राख्न गोही ,मयुर ,जरायो र पाटेबाघको प्रतिमा निर्माणको कार्य सुरु गरिएको समितिका अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस