२०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024

पुनर्वास उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बिष्ट द्वारा प्यारा तालमा दुर्लभ पाटे बाघको प्रतिमा बनाउने घोषणा 


  • २०८१ जेष्ठ १३, आईतबार मा प्रकाशित ५ महिना अघि
  • २९७ पाठक संख्या
  • पुनर्वास,१३ जेठ् ।कञ्चनपुरको पुनर्वास उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष तथा समाजसेवी विश्वनाथ बिष्टले जैविक महत्वको पर्यटकीय क्षेत्र प्यारा तालको पर्या पर्यटन बिकासमा सघाउन दुर्लभ पाटे बाघको प्रतिमा आफ्नो लगानीमा निर्माण गर्ने स्व घोषणा गर्नु भएको छ । कञ्चनपुरको पुनर्वास स्थित सदावहार जलाशय प्यारा ताल को जैविक पहिचान उजागर गर्दै पर्या पर्यटन बिकासका लागि सुरु गरिएको नागरिक अभियानलाई सघाउन पुनर्वास उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बिष्टले अनुमानित १ लाख ४० हजार लगानीमा दुर्लभ पाटे बाघको प्रतिमा निर्माण गरि दिने आइतबार सहमति भएको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र कुमार बस्नेतले बताउनु भयो।नेपाल-भारत सीमा क्षेत्र नजिक रहेको जैविक महत्वको तालको पर्या पर्यटन बिकासका लागि नागरिक स्तरबाट सुरु भएको अभियानलाई सघाउदै पुनर्वासको पर्यटन बिकासमा सघाउ पुगाउन दुर्लभ पाटे बाघको प्रतिमा निर्माण गर्न लागेको उवासंघ पुनर्वासका संस्थापक अध्यक्ष बिष्टले बताउनु भयो ।

    विश्वकै दुर्लभ जलचर प्राणीहरुको वासस्थान रहेको प्यारा ताल परिसरमा हाल सम्म ओद , दुर्लभ पहेँलो धुरे प्रजातिको कछुवा , माछाको प्रतिमा , सेल्फी स्पट नागरिक लगानीमा निर्माण भइ सकेका छन् । त्यसै गरि ९ नम्बर वडाको लगानीमा वाटर फाउन्टेनको जग निर्माण सम्पन्न गरिएको छ  । मयुर,गोही र  जरायोको प्रतिमा निर्माणाधीन रहेका छन् ।

    प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन बिकासका लागि आबश्यक संरचना निर्माणमा नागरिक स्तरबाट जुटेको यो सहयोग उदाहरणीय भएको समितिका सचिव प्रेम प्रसाद जैशीले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट