२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना अभिमुखीकरण


  • २०८१ जेष्ठ १०, बिहिबार मा प्रकाशित १ साल अघि
  • २५६ पाठक संख्या
  • घनश्याम पौडेल,मसुरिया कैलाली ,१० जेठ,।गौरीगंगा नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवाको लागि पालिका स्तरिय अभिमुखीकरण कार्यक्रमको गरिएको छ । राष्टिय अपाङ्ग महासंघ नेपालको आयोजनामा (युएसए आईडी/ एच आइ)को साझेदारीमा जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरिएको हो । नगर उपप्रमुख भोज बहादुर बमको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अहिलेको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य पुनर्स्थापनाको बढदो मागका बारेमा छलफल गर्नुको साथै गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा अपाङ्गता भएका व्यक्तिहरूको लागि विनियोजन गरेको बजेटको समिक्षा समेत गरिएको थियो ।सो अवसरमा राष्टिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिमको तर्फबाट अपाङ्गता भएका ब्यक्तिहरुको सवालमा गौरीगंगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समावेश गरिनुपर्ने माग सहित निति तथा कार्यक्रम महासंघका सुदुरपश्चिम सचिव नरदिप बहादुर धामीले नगर प्रमुख देविदत्त कडेललाई बुझाउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट