२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरीबाट एक जना वृद्ध पक्राउ


  • २०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ४९९ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ जेठ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरको बेलौरीबाट एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ ५ बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डा बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट