२०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024

कञ्चनपुरस्थित हुलाकी सडकखण्डमा पड्कियो विस्फोटक पदार्थ


  • २०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • ५७९ पाठक संख्या
  • हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, ०३ जेठ । कञ्चनपुरस्थित हुलाकी सडकखण्डमा विस्फोटक पदार्थ पड्किएको छ । पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्कास्थित कालोपत्रे गरिएको पक्की सडकमा बिहीबार दिउँसो विस्फोटक पदार्थ पड्किएको हो । कुनै बस्तु पड्किएर पक्की सडकमा ठूलो खाल्डो परेको र धुवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर खोज अनुसन्धान गरेको थियो । बिहीबार साँझसम्म गरिएको खोज अनुसन्धानका क्रममा पुरानो बाल्टिनको तल्लो भाग र बेरिएको पोलिथिनको टुक्रा फेला परेको नेपाली सेनाले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ बाल्टिन बम जस्तो देखिएको बताउँदै फेला परेका बस्तुलाई थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइने नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ । विस्फोटक पदार्थ पड्किँदा हुलाकी सडकखण्डको करिब २ मिटर जति गोलाइमा खाल्डो परेर क्षति पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट