२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

ढुङ्गा प्रहारबाट सेवा निवृत्त शिक्षकको हत्या


  • २०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ४५५ पाठक संख्या
  • कञ्चनपुर, ०३ जेठ । कञ्चनपुरको बेलौरीमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक अन्दाजी ६५ वर्षीय लच्छी चन्दमाथि घर नजिकै ढुङ्गा प्रहार भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी (बजगाईँ) ले जानकारी दिनुभयो । प्रहरीका अनुसार चन्द माथि ढुङ्गा प्रहार गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ बस्ने ३५ वर्षीय महेश भण्डारी फरार रहेको र उनको खोजिकार्य जारी रहेको छ ।

    बेलौरी बजारदेखि विद्यानगर स्थित आफ्नो घर फर्कने क्रममा बुधबार बेलुका ८ बजेतिर घरभन्दा करिब ३०० मिटरको दुरीमा भण्डारीले चन्दमाथि ढुङ्गा प्रहार गरेको बताइएको छ । घटना लगत्तै घाइते हुनु भएका चन्दलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याई थप उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको थियो । चन्दको त्यहीँ उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट